पोखरा — २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दीलाई पोखरा रंगशालामा भएको खेलमा १–० ले हराउँदै भुटानी क्लब सेमिफाइनल पुगेको हो ।

भुटानी क्लबका लागि एकमात्र गोल प्रविण बस्नेतले गरे । खेलको १७ औं मिनेटमा उनले हेक्टर ओर्टेगाको पासमा गोल गरेका थिए ।

६ पटकको विजेता मनाङ भने पहिलो खेलबाटै बाहिरिएको हो । भुटानी क्लबले भने फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्