१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्